वातावरण दिवसका अवसरमा प्रधानमन्त्रीले रोपे एभोकाडोको विरुवा

100

काठमाडौं- विश्व वातावरण दिवसका अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले एभोकाडोको विरुवा रोपेर फलफूलको विरुवा रोपण अभियानको सुरुवात गरेका छन् ।

विश्व वातावरण दिवसको सन्दर्भमा बुधबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोग कार्यालय परिसरमा एभोकाडोको विरुवा रोपेर प्रधानमन्त्री ओलीले ‘एक नेपाली एक फलफूलका विरुवा रोपण अभियानको निरनतरता कार्यक्रम’को औपचारिक उद्घाटन गरेका हुन् ।

कार्यक्रम’को उद्घाटन समारोहमा सरकारका मन्त्रीहरु, उच्च पदस्थ कर्मचारी, सरकारका सबै निकायका पदाधिकारी लगायतको उपस्थिति थियो । गृहमन्त्री राम बहादुर थापा , खानेपानी मन्त्री विना मगर, उद्योगमन्त्री मात्रृका यादव लगायतले पनि फुलफुलका विरुवा रोपेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here