तुलसीपुर / तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उलफित्रका अवसरमा नगरमा रहेका समस्त इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख शान्ति र समृिद्धका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने इद उलफित्र जस्ता विशेष पर्वले यहाँ बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र समुदायबीच आपसी मेलमिलाप, सद्भाव र भाइचाराको प्रवद्र्धन गर्दै आफ्ना ऐतिहासिक एवम् मौलिक संस्कृति र परम्पराको संरक्षण तथा सम्वद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याएको नगरप्रमुख पाण्डेद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
रमादानका अवसरमा लामो उपवास बसेर आत्मा शुद्धीकरण गर्ने र आफन्तबीच खुसी साटासाट गरी मनाइने यस पर्वले हाम्रो आत्मा शुद्ध भई आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि गर्न अझ बढी सहयोग पु¥याउने हुँदा यो पर्वले हामी सबैमा भाइचारा, मेलमिलाप, एकता र शान्तिको प्रेरणा प्रदान गर्न सकोस् भन्ने उल्लेख गरिएको छ ।


















