सहभागीता नम्बर १५ लिलामाया ढकाल गाैतम

225

गजल १
सोचेका थिएनौं कुनैदिन यस्तो
समय आउला भनेर
अदृश्य सानो किरा देखी विश्व
यसरी डराउला भनेर

मृत्युको भए अचम्मैको हुदो रहेछ
बल्ल बुझौं यस्लाइ
घर भित्र नै लुकेर बसेका छौ
यस्लाइ भगाउला भनेर

आफ्नो मात्र होइन यहाँ गर्नु पर्छ
अरुको पनि ख्याल
गुप्तबाँस बसेरै आफुसगै
अरुलाइपनि बचाउला भनेर

रोगले होइन यहाँ भोकभोकै मर्ने
भए के गर्नु होला बरै
कतिदिनकुरेर बस्नेहोला राहत
आएपछि खाउला भनेर

हे भगवान गर्छौ हामी तिमिलाइ
प्रार्थना दुइहात जोर्दै
पुकार गर्यो बारम्बार भोगलगाउदै
दुख मेटाउला भनेर

गजल २

मेरो जीवनमा तिमी आइदियौ अाधार बनेर
जतासुकै छाइदियौ खुशीको बहार बनेर

उजाडिएको मनलाई हराभरा पारिदिन आयौ
बाटिकाको सप्तरङ्गी फुलहरुमा उभार बनेर

मेरा हरेक पाइलाहरुमा दियौ  साथ तिमिले हिम्मतले
अघि बडाउन आयौ अवतार बनेर

जताततै सुवास छर्न सक्छु तिम्रो साथमा रहदा
तेसैले आउ सधै तिमी मेरो वसन्त अधिकार बनेर

मेरो मुटुको धड्कन मैले फेर्ने स्वास हौं तिमी नै
टाढा नजाउ जिउदाे लास सरि हुनेछु  लाचार बनेर

लिलामाया ढकाल गाैतम धापासी, काठमाडौं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here