असोज १७ देखि डीभी आवेदन खुल्ने, कन्सल्टेन्टको सहयोग नलिन दूताबासको सल्लाह

241

काठमाडौं/ असोज १७ देखि अमेरिकी डाइभर्सिटी भिसा (DV) २०२० का लागि आवेदन खुल्ने भएको छ । आवेदन दर्ता अवधि नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुने गरी खुल्नेछ र २० कात्तिकमा राति १०ः४५ बजे बन्द हुनेछ ।

सन् २०२० को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा https://www.dvlottery.state.gov/ मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (EDV) आवेदन फारम भर्नु पर्नेछ ।आवेदन दर्ता गर्दा पतिरपत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य गरिएको छ ।

डीभीको आवेदन भरेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्नेछ । यही नम्बरका आधारमा डीभीका लागि छनोटमा भए नभएको ७ मे २०१९ पछि हेर्न सकिनेछ । नेपालस्थित अमेरिकी दूताबासका अनुसार डीभी चिट्ठामा सहभागी हन शुल्क लाग्दैन । साथै दूताबासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here