महिला पाठेघरको मुखको क्यान्सरबारे स्वास्थ्य शिविर समपन्न

231

वीरगंज/ वीरगंजमा महिला पाठेघरको मुखको क्यान्सरबारे स्वास्थ्य शिविर समपन्न भएको छ । एक सय १४ जना सहभागि उक्त शिविरमा दश जना एस.टि.आई पोजेटिभ देखिएको डा ईन्द्रनिल घोषल जनाए । उनले भने, एस.टि.आई देखिएका महिलाहरुलाई जनचेतना जागृत गराउनुको साथै उचित सल्लाह सुझव र परामर्श दिएका छौ ।

यस्तै शिविरकै अवसरमा दशजनाले आई.यू.सि.डि गराएको डा घोषले जनाए । शिविरमा बाराको जितपुर, सिमरा, कलैया, परवानीपुर र पर्साको सिर्सिया, भिष्वा, ईनर्वा, अशोकवाटिका लगायत भारतको रक्सौलका महिला दिदिवहिनिहरुले लाभ उठाएको आशाराम हस्पिटलकी निर्देशक निभा दासले जनाइन् ।

कार्यक्रममा ममता श्रेष्ठ र इन्द्रा मगरले प्राविधिक सहयोग गरेका थिए । कार्यक्रमको सहजिकरण आसमान नेपालका शम्भु कुमार साहले गरेका थिए । कार्यक्रम आशाराम हस्पिटलकी निर्देशक निभा दासको सभापतित्वमा समपन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here