शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ ले घरेलु बजारमा सानदार कलेक्सन गरिरहेको छ । इनिसियल बक्सअफिस आक्रामक रहेको फिल्मले अहिले
राजधानीको ठूलो मल्टिप्लेक्समा दर्शक वृद्धि गर्दै लगेको छ । क्यूएफएक्सले मंगलवार १० शोज दिँदा बुधवारका लागि १५ शोज बाँडेको छ । यसबाट नै प्रष्ट हुन्छ कि फिल्मले मल्टिप्लेक्समा दर्शकको साथ राम्रो पाइरहेको छ ।
तीन दिने विकेन्ड कलेक्सन २ करोड ग्रस रहेको फिल्मले घरेलु बजारबाट आफ्नो लगानी सुरक्षित गर्न अझै लामो रेसको घोडा बन्नुपर्नेछ । गीतसंगीत र ट्रेलरले निर्माण गरेको हाइपसँगै स्टार कास्टका कारण फिल्म नेपालबाटै सेभ हुने निर्माण टिमको विश्वास छ ।अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फेरि एकपटक आफ्नो स्टारडम प्रमाणित गरेकी छन् ।
फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ ले अब विदेश प्रदर्शनको थालनी गर्ने भएको छ । लेडी निर्देशक रेनाशा वान्तवा राईले दर्जन बढी देशमा फिल्मको प्रदर्शन हुन लागेको जानकारी दिइन् ।
अक्टूबर ११, १२ र १३ तारिखमा फिल्म अष्ट्रेलियामा प्रदर्शन हुँदैछ । यस्तै, अक्टूबर २१ मा कोरिया, अक्टूबर २९, ३० र ३१ मा लण्डन, नोभेम्बर ३ मा पोल्याण्ड, नोभेम्बर ९ मा हङकङ र नोभेम्बर १५ मा डेनमार्कमा फिल्म प्रदर्शन हुने कन्फर्म भएको छ ।
निर्देशक राईका अनुसार, नेपालमा फिल्मको कलेक्सन र माउथ पब्लिसिटीका कारण विदेशमा डिमान्ड बढ्दो छ ।


















