काठमाडौं/ प्राज्ञिक विद्यार्थी परिषद् नेपालको एक दिवसीय अभ्यास वर्ग आज बुधबार सम्पन्न भएको छ ।
सगरमाथा जस्तो विश्वको उच्च शिखर भएको जिल्ला सोलुखुम्बुको सल्लेरी र गोसाइँकुण्ड नगरले प्रसिद्ध र उत्तरको छिमेकी जिल्ला रसुवाको कालिकानगरमा सम्पन्न भएको हो।
सोलुखुम्बुको सल्लेरी नगर अभ्यास वर्गमा विद्यार्थी परिषदका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल र प्रदेश संगठन सचिव राधेश्याम सेन्चुरीको उपस्थिति रहेको थियो भने रसुवाको कालिकानगरको अभ्यास वर्गमा विद्यार्थी परिषद्का राष्ट्रिय सचिव एवं विभाग संगठन सचिव छितराज न्यौपानेको उपस्थिति रहेको थियो ।
दुवै अभ्यास वर्गमा विद्यार्थी परिषदको सैद्धान्तिक भुमिका ,कार्य पद्धति ,र सक्षम इकाईको बारेमा प्रशिक्षण प्रदान गरिएको थियो ।
अभ्यास वर्ग पछी सोलुखुम्बुको सल्लेरीमा योगेश राई र रसुवाको कालिकानगरमा सुब्बा तामाङको नेतृत्वमा १५/१५सदस्यीय नगर समिति पनि गठन गरिएको छ ।






















