अवैध लागूऔषध गाँजा सहित पक्राउ

255

पर्सा /  बीरगंज महानगरपालिका-२५ बहुअरी चोकबाट अवैध लागूऔषध गाँजा ८९ किलोग्राम सहित भारत मोतिहारी फुलबरिया बस्ने ३२ वर्षीय आस्लम आलम समेत ४ जना भारतीय नागरिकलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले बिआर २८ जि २७७० नम्बरको बलेरो गाडी जाँच गर्दा गाडीको बिभिन्न भागमा फल्स बटम बनाई लुकाई राखेको उक्त अवैध लागूऔषध गाँजा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here