मोडल रेग्मीले अभिनय गरेको ‘सपनिले रात छोडेन’ को छायांकन

320

काठमाडौं / मोडल कृष्ण रेग्मीले अभिनय गरेको गीत ‘सपनीले रात छोडेन’ को छायांकन सकिएको छ । चितवनको रमणीय परिवेशमा गीतको छायांकन साउन १३ गते सम्मपन्न भएको हो । बिगत लामो समय देखि मोडलिङ क्षेत्रमा लागिपरेका रेग्मीले यो पटक भने फरक किसिमको मायाँ प्रेमलाई प्रस्तुत गर्न खोजेका छन् ।

 

यस गीतमा प्रेमिकाको रुपमा नव मोडल अनिशा पुरी रहेकी छिन् । गीतको निर्देशन कृष्ण लामाले गरेका हुन् । लामाले विगत केही वर्ष पहिलेबाट म्युजिक भिडियो निर्देशन गर्दै आएका छन् । भिडियोमा प्रेमिले प्रेमिकालाई कति याद गर्छ भन्ने कुरालाई देखाउन खोजिएको मोडल रेग्मीले जनाए । उक्त भिडियो केही दिनपछि नै युट्युवमा प्रसारण हुने उनले जानकारी दिए । अब उनले आफ्नो प्रेमिकालाई सपनीमा कति सम्झिए भनेर थाहा पाउन र उनको अभिनय हेर्न भिडियो नै कुर्नुपर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here