काठमाडौं– सुनसरीस्थित सशस्त्र प्रहरी बल नम्बर ४ गण, इनरूवाका सशस्त्र प्रहरी जवान बलराम यादव १ लाख ५० हजार घुससहित पक्राउ परेका छन् । व्यपारमा सहजीकरण गरीदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको सूचनाका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले शनिबार १ लाख ५० हजार घुससहित यादवलाइ पक्राउ गरेको हो।
उनलाई सेवाग्राहीसँग घुसवापतको रकम लिइसकेको अवस्थामा देवानगञ्जबाट गाउँपालिका–३ कप्तानगञ्जबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए। घुससहित समाातिएका यादवलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको कोइरालाले जानकारी दिए।

















