अफगानिस्तानमा जन्मिएकी मुस्लिम परिवारकी अली ९ वर्षकी हुँदा उनको परिवारले देश छाडेर बेलायत पसेको थियो। बेलायत पुगेपछि पनि उनका बाउआमा कट्टर मुस्ल्मि थिए । अलीलाई पनि उनका बाउआमाले कडा मुस्लिम नियममा बाँध्ने कोसिस गरे ।
स्कुलमा समानता र स्वतन्त्राका बारेमा पढ्ने तर घर आएर बाउआमा र परिवारबाट विभेद र अपमानको सिकार हुन परेपछि यास्मिनाले इस्लाम धर्म त्याग गरिन् । आफ्नो मनको इच्छा पूरा गर्न धर्मले रोकेपछि उनले धर्मत्याग गरेकी थिइन् ।
यास्मिनाले नास्तिक यहुदी युवकसँग भागेर बिहे गरिन् । ती युवक निर्वस्त्र फोटोग्राफर हुन् । उनले भागी विवाह गरेकी हुन् । विवाहपछि उनले आफ्नै पतिलाई आफ्ना निर्वस्त्र तस्वीर खिच्न लगाइन् र ती तस्वीरहरू विभिन्न पोर्न कम्पनीहरूलाई पठाइन् । त्यसपछि उनलाई पोर्न उद्योगमा काम गर्ने अवसर प्राप्त भयो ।
अहिले यास्मिना अली पोर्न उद्योगमा स्थापित नाम भैसकेको छ । उनले दर्जनौ पोर्न फिल्ममा काम गरिसकेकी छिन्।