काठमाडौं/ एरिका फिल्मस प्रोडक्सनले पहिलो प्रस्तुतीस्वरूप ‘अनुराग’ चलचित्र भोलि असोज १२ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
भदौ २१ राजधानीको लाजिम्पाटस्थित् सांग्रीला होटलमा पत्रकार सम्मेलन गरी ‘अनुराग’ नेपाली कथानक चलचित्र सार्वजनिक गरेको हो ।
निर्मात्री एलिजा गौतमले चलचित्रको कथावस्तु फरक भएकाले आफ्नो पुरानो सपना पूरा गर्नको लागि आफू चलचित्र बनाउन तयार भएको जनाइन् ।
वरिष्ठ कलाकार एवम् चर्चित नायक सरोज खनालले यस अनुराग मुभिलाई अनुराग सावित गर्ने प्रण गरे । यस चलत्रिमा काठमाडौं, पोखरा र ईलामका रमणीय दृश्य कैद गरिएको निर्माण पक्षले जानकारी दिएका छन् ।
उक्त चलचित्रको मुख्य भूमिकामा दिपक घिमिरे, एलिजा गौतम, सरोज खनाल, रूपा राना, निर्मल शर्मा आदि कलाकारहरू रहेका छन् भने रामकुमार के.सीले छायांकन गरेको चलचित्रको कथा लेखन किरण दाहालले गरेका हुन् ।
पटकथा तथा संवाद सत्यराज चौलागाँई र आगत केसीको रहेको छ । चलचित्रमा नृत्य निर्देशन कविराज गहतराजको र संगीत तारा प्रकाश लिम्बु र सरोज खनालको रहेको छ ।


















