कपुरकोटका ६ विद्यालयमा पुस्तकालय स्थापना

240

सल्यान/ सल्यानको कपुरकोट गाउँपालिकामा ६ वटा पुस्तकालय स्थापना भएका छन् । गाउँपालिकाभित्रका ६ वटा सामुदायीक विद्यालयमा साक्षरता कार्यक्रम अन्तर्गत पुस्तकालय स्थापना भएका हुन् ।

कपुरकोट गाउँपालिकाको समन्वय तथा रुम टू रिड कार्यक्रमको सहयोगमा दलित विकास समाज सल्यानले सञ्चालन गरिरहेको साक्षरता कार्यक्रम अन्तर्गत पुस्तकालय स्थापना गरिएको साक्षरता कार्यक्रमका जिल्ला संयोजक टेकराज शाहीले जानकारि दिएका छन् ।

यस क्रममा बुधबार कालिका मावि कपुरकोटको पुस्तकालय गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले उद्घाटन गरेका छन् । सो क्रममा उनले मानिसलाइ ज्ञानको महासागरमा पुर्याउन र शशक्त बनाउन पुस्तकको महत्व रहेको जनाए ।

अध्यक्ष सेनले गाउँपालिकाभित्र रहेका पुस्तकालयहरुमा पुस्तकको संख्या थप्दै लैजाने पनि प्रतिवद्धता जनाए । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रुद्रविर कवरको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण भण्डारी, शिक्षक महासंघ कपुरकोट गाउापालिकाका अध्यक्ष श्याम कुमार केसी, रुम टू रिडका कार्यक्रम अधिकृत बाबुराम पोख्रलेलले बोल्दै एक ठाउँमा बसेर अनेकथरि ज्ञान प्राप्त गर्न सकिने भएकाले पुस्तकालयको महत्व निकै रहेको जनाएका थिए ।

कार्यक्रममा पत्रकार महासंघ कर्णालि प्रदेशका सदस्य सन्तोष घर्ती, महासंघकै सल्यान जिल्ला सचिव शंकर के सी, नेपाल राष्टिय शिक्षक संगठन कपुरकोटका अध्यक्ष पदम खड्का, कालिका माविका प्रअ कुल बहादुर बुढा लगाएतको सहभागीता थियो ।

शिक्षक मधुसुदन गिरीले सहजीकरण गरेको कार्यक्रममा चुडामणि केसीले स्वागत मन्तव्य राखेका थिए । विभिन्न प्रतियोगीता र क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाइ सो अवसरमा पुरस्कृत पनि गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here