वडा कार्यालयकाे शैचालमामा पुरुषको शव

78

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका– ८ स्थित गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ।

निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्ष उमेरका एक पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिए।

उनका अनुसार शवको पहिचान हुनसकेको छैन। लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको शव भएको स्थानीयवासीले बताएका छन्।

शुक्रबारसम्म केही थाहा नभएको र शनिबार वडा कार्यालय बन्द भएकाले आइतबारमात्रै शव देखिएको वडाध्यक्ष तामाङले बताए। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here