काठमाडौं / प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग जर्जियाका गैर आवसीय महामहिम राजदूत H.E. Mr. Archil Dzuliashivili ले सोमबार जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र महामहिम राजदूत Mr. Dzuliashivili बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल भएको थियो ।


















