काठमाडौं/ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला प्रकरणमा स्थानीयस्तरको प्रहरी कमान्डर गैरजिम्मेवार देखिएपछि प्रहरी संगठनका राम्रा काम छाँयामा परेको जनाएका छन् ।
खनालले प्रहरीका राम्रा काम छायामा पर्दा दुःख लागेको जनाउँदै सत्तारुढ नेकपाकै सांसद झपट रावललगायत विपक्षी सांसदले प्रहरी चेन अफ कमान्डमै प्रश्न उठाएपछि खनालले पसो कुरा जनाएका हुन् ।
आफूले नेतृत्व गरेपछि प्रहरीको चेन अफ कमान्ड झन् दरिलो र गर्विलो भएको दाबी गरेका छन् । उनले बुधबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महानिरीक्षक खनालले यस्तो जनाएका हुन् ।
एसपी डिल्लीराज विष्टलाई बर्खास्त गर्दा संगठनको मनोबल गिर्ने भएर प्रहरी नेतृत्वले जोगाएको भन्दै सांसदले लगाएको आरोपमा महानिरीक्षक खनालले भने, ‘विष्ट खतरनाक अपराधी हो भनेर प्रमाणसाथ प्रस्तुत गर्न पाए मलाई पनि टन्टै साफ हुन्थ्यो ।’


















