काठमाडौं/ रेखा फिल्मसको ब्यानरमा निर्माण गरिएको चलचित्र ‘मालिका’को ट्रेलर सार्वजनिक भएको छ।
शुक्रबार राजधानिमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। ’तिमी भित्र पनि एउटा नायक छ’ भन्ने मूल नाराको अभियान रहेको यस चलचित्रको ट्रेलरमा सामाजिक रुपान्तरण र मुलुकको समसामयिक चासोको मुद्दा उठाइएको र मेचीदेखी महाकालीसम्मको कथा समेटिएको छ ।
यही असोज १६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रलाई नायिका रेखा थापाले निर्देशन गरेकी छिन् । नायिका थापाको पाँचौ निर्माण गरेको मालिकाको कार्यकारी निर्माता नर बहादुर कार्की हुन् भने निर्मातको रुपमा रेखाकी आमा सरस्वती थापा रहेकी छिन् ।
शिवम अधिकारीको लेखन तथा पटकथा रहेको यस चलचित्रमा नायिका थापाले जाजरकोटकी कमला ओलीलाई मुख्य भूमिकामा नेपाली चलचित्र क्षेत्रमा भित्र्याएकी छिन् भने चलचित्रमा कमलाको भूमिका रहेको छ ।
चलचित्र ‘मालिका’को ट्रेलर :


















