काठमाडौं / राजनीतिक विश्लेषक एंव लेखक जनधारणा साप्ताहिकका स्तम्भकार चन्द्रप्रकाश बानियाँ द्धारा लिखित मृत्युसंस्कार मन्थन ( इतिहास, मान्यता र वास्तविक्ता ) नामक पुस्तक असोज १३ गते विमोचन भएको छ ।

तीन सय नब्बे पृष्ठको यो पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो । साहित्यकार एंव नेपाली कांग्रेसका नेता जगमान गुरुङ नेकपा(नेकपा)का नेता दिनानाथ शर्मा र पुस्तकका लेखक चन्द्रप्रकाश बानियाँ समेतले संयुक्त रुपमा पुस्तकको विमोचन गर्नुभएको थियो ।
पुस्तकमा समेटिएका मृत्युसंस्कार सम्बन्धी विषयहरुबारे वक्ताहरुले आ आफना धारणा प्रस्तुत गर्नुभएको थियो । काठमाडौंको कमलादीस्थित सि डब्लु रेष्टुरेन्टमा कार्यक्रम आयोजना गरिएको थियो ।



















