प्रधानमन्त्री ओली आन्तरिक विषय थाती राखेर कोस्टारिकातर्फ 

231

काठमाडौ, असोज १४ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोस्टारिकातर्फ लागेका छन् । उनी कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणमा आज सान होजेतर्फ प्रस्थान गरेका हुन् । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिई उनी त्यसतर्फ गएका हुन् ।  नेपालसँग औपचारिक कुटनीतिक सम्बन्ध बाहेक अन्य सम्बन्ध शुन्य रहेको कोस्टारिकामा ओली चार दिन रहने छन् ।  मुलुक समस्यामा परिरहेका बेला महत्वपूर्ण विषयलाई थाती राखेर  प्रधानमन्त्री ओलीको आलोचना समेत भएको छ ।

प्रधानमन्त्री ओलीले सान होजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग दुईपक्षीय भेटवार्ता गर्नेछन् । उनले सान होजेमै शान्ति विश्वविद्यालय (युनिभर्सिटी फर पिस) लाई पनि सम्बोधन गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here