पहुँच युक्ततातर्फको इनोभेटिभ अवार्डबाट चन्द्रागिरि हिल्स लिमिटेड पुरस्कृत

108

चन्द्रागिरि/ राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले चन्द्रागिरि हिल्स लिमिटेडलाई पहुँच युक्ततातर्फको इनोभेटिभ अवार्डबाट सम्मान गरेको छ ।

आइतबार राजधानीमा आयोजित विशेष कार्यक्रमकाबीच महिला बाल–बालिका तथा जेष्ठ नागरिक मन्त्री थम माया थापाले उक्त सम्मान चन्द्रागिरि हिल्स लिमिटेडका तर्फबाट महाप्रवन्धक अभिषेक विक्रम शाहलाई प्रदान गर्नुभएको हो।

काठमाडौंको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण भएको एकीकृत पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्स परिसरका मुख्य संरचनाहरू अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा बालबालिका मैत्री बनाइएको छ ।

पहुँच युक्तता प्रवद्र्धन गर्ने ¥यामप, पदमार्ग, शौचालय, विधुतीय गाडी तथा व्हील–चियर लगायतका सुविधाले हजारौं पर्यटक तथा तीर्थयात्रुलाई ऐतिहासिक दर्शनीय तथा रमणीय स्थल भ्रमण गर्न सहज बनाएको छ । नेपालको पर्यटन प्रवद्र्धनमा यस्तो इनोभेटिभ कार्य गरे वापत चन्द्रागिरि हिल्स लिमिटेडलाई उक्त सम्मान प्रदान गरिएको आयोजक संस्था राष्ट्रिय अपाङ्ग महासंघले जनाएको छ ।

राष्ट्रिय अपाङ्ग महासंघले पहिलोपटक प्रदान गरेको सम्मानबाट चन्द्रागिरि हिल्स लिमिटेड लगायत अन्य तीन संघ–संस्था सम्मानित भएका छन् । सम्मान कार्यक्रममा संक्षिप्त मन्तब्य व्यक्त गर्दै मन्त्री थापाले अपाङ्ग मैत्री संरचना निर्माणमा चन्द्रागिरि एउटा नमुना परियोजना भएको विश्वास व्यक्त गर्नुभयो ।

चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रवन्धक अभिषेकविक्रमशाहले चन्द्रागिरि परिसरमानिर्माणाधीन रिसोर्टमा समेत अपाङ्गमैत्री संरचना निर्माण गरिएको जानकारी दिँदै यसबाट फरक क्षमता भएका व्यक्तिका लागि समेत चन्द्रागिरि मुख्य गन्तव्य बन्ने विश्वास व्यक्त गर्नुभयो ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here