प्युठानमा जिप दुर्घटना हुँदा एकको मृत्यु

98

प्यूठान, १५ असोज । प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।

लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्ने शालिक बस्नेतको घटनास्थलमै ज्यान गएको हो । ठूलाबेँसीबाट बाग्दुला आउँदै गरेको जिप गौमुखी ५ सालीबिसौनामा दुर्घटनामा परेको हो । ओरालोमा गुडिरहेको गाडी ब्रेक फेल हुँदा बाटोको कुनामा ठोक्किँदा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनामा अन्य मानवीय क्षति भएको छैन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here