झिनामसिना कुरामै अल्झिए मुख्यमन्त्री

274

काठमाडौं । मुलुक संघीयतामा गइसकेपछि खडा नयाँ संरचना प्रदेशको जग बसाउने मुख्य अभिभारा हालका मुख्यमन्त्रीहरूलाई छ । सँगै समृद्धिको जनआकांक्षा पनि छ तर प्रदेश सरकार हाँक्ने मुख्यमन्त्रीहरू यस्ता महत्त्वपूर्ण दायित्वलाई बेवास्ता गर्दै सामान्य औपचारिक कार्यक्रममा समय खेर फालिरहेका छन् । बच्चाको भातखुवाइ कार्यक्रमसम्ममा उनीहरूको उपस्थिति देखिन्छ ।

अर्कातिर प्रदेश सरकार गठन भएको डेढ वर्ष बितिसक्दा आवश्यक कानुन बनिसकेका छैनन्, बनेका कतिपय कानुन पनि सरकारले नियमावली र कार्यविधि नबनाउँदा कार्यान्वयन हुन सकेका छैनन् । बजेट कार्यान्वयनको अवस्था पनि कमजोर छ । केन्द्र सरकारले अधिकार प्रत्यायोजनमा कन्जुस्याइँ गरिरहेको प्रदेश सरकारहरूले गुनासो गरिरहेका छन् तर प्राप्त अधिकार उपयोगमा पनि उनीहरू चुकिरहेको प्रस्टै देखिन्छ । कान्तिपुर संवाददाताहरूले एक साता निगरानी गर्दा मुख्यमन्त्रीहरू फलदायी कार्यक्रममा सहभागी भएको आजको कान्तिपुर दैनिकमा समाचार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here