योगेश राजको ‘रणहार’लाई मदन पुरस्कार

261

काठमाडौं । २०७५ को मदन पुरस्कार लेखक योगेश राजले प्राप्त गरेका छन् । शुक्रबार मदन पुरस्कार गुठीमा आयोजित एक समारोहका बीच उनलाई मदन पुरस्कार दिइएको हो ।

उनले लेखेको ऐतिहासिक उपन्यास ‘रणहार’ले २०७५ को मदन पुरस्कार प्राप्त गरेको हो । भक्तपुरका अन्तिम राजा रणजित मल्ल र उनले भोेगेको पराजयलाई उपन्यासमा मुख्य विषयवस्तु बनाइएको छ । यस्तै जगदम्बाश्री पुरस्कारबाट वैरागी काइँला (तिलविक्रम नेम्वाङ) सम्मानित भएका छन् ।

काइँलाले लिम्बू भाषा तथा मुन्धुम संस्कार र संस्कृतिको अध्ययन अनुसन्धान तथा अभिलेखीकरण गरी नेपाली वाङ्मयको समृद्धिमा उल्लेखनीय योगदान पु¥याएकाले उनलाई जगदम्बाश्री पुरस्कारबाट सम्मानित गरिएको हो । काइँला नेपाली साहित्यमा तेस्रो आयाम साहित्यिक अभियानका प्रारम्भकर्तामध्येका एक हुन् । दुवै पुरस्कारको राशी ४/४ लाख रुपैयाँको रहेको छ ।

त्यस्तै २०७४ साको मदन पुरस्कार नीलम कार्क निहारिकाद्वारा लिखित ‘योगमाया’ पुस्तकले प्राप्त गरेको थियो भने जगदम्बा–श्री पुरस्कार शान्तदास मानन्धरले प्राप्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here