पुटिन र सैनिक नेतृत्वबीच तनाव

64

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र सैनिक नेतृत्वबीच तनावको अवस्था आएको गुप्तचर सूचनालाई उद्धृत गर्दै अमेरिकाले जनाएको छ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले आफूहरुलाई प्राप्त गुप्तचर सूचनाअनुसार रुसी राष्ट्रपति पुटिनले सैन्य सल्लाहकारबाट आफूलाई भ्रममा पारिएको महसुस गरेका छन्। सोही कारण पुटिन र सैनिक नेतृत्वबीच तनाव सिर्जना भएको दाबी ह्वाइट हाउसको छ।

ह्वाइट हाउसकी कम्युनिकेशन डिरेक्टर केट बेडिङफिल्डले भनेकी छन्, ‘हामीलाई लाग्छ कि पुटिनलाई उनका सल्लाहकारहरुले युक्रेनमा रुसी सैनिकको प्रस्तुति कति खराब भएको छ भन्नेबारे गलत जानकारी गराइरहेका छन्। प्रतिबन्धका कारण अर्थतन्त्रमा परेको गम्भीर असरबारे पनि उनलाई सही जानकारी वा सल्लाह दिइएको छैन। किनकि पुटिनका प्रमुख सल्लाहकारहरु उनलाई सत्य भन्न डराइरहेका छन्।’

युक्रेनमाथिको आक्रमण रुसको रणनीतिक रुपमा गम्भीर गल्ती रहेको र यसले रुसलाई लामो समयसम्म कमजोर बनाउने स्पष्ट भएको उनले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

युक्रेनको राजधानी किएभ नजिकै ध्वस्त रुसी ट्यांक हुँदै जाँदै गरेका युक्रेनी सैनिक । तस्बिर स् गेट्टी इमेज
यसैबीच अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन किर्बीले गुप्तचर सूचनाका आधारमा ह्वाइट हाउसले गरेको विश्लेषणसँग आफूहरु सहमत रहेको बताएका छन्।

प्रवक्ता जोनले भनेका छन्, ‘उनका ९पुटिनका० सैनिक हुन्। यो उनको युद्ध हो। उनले रोजेका हुन्‘ तर तथ्य यो हो कि उनले आफ्ना सैनिक युक्रेनमा कुन तहमा असफल भएका छन् भन्ने पूर्ण रुपमा बुझ्न सक्ने छैनन्।’

‘यदि उनलाई ९पुटिन० लाई युद्धमा भएको असफलताबारे स्पष्ट जानकारी दिइएको छैन भने उनका वार्ताकारले कसरी सहमति गर्न सक्ने छन्रु’, प्रवक्ता जोनले भनेका छन्।

रुसी राष्ट्रपति पुटिनलाई आफ्नै सल्लाहकारबाट सही सूचना नदिइएको खबरमाथि टिप्पणी गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले ‘सत्तासँग सत्य बोल्न नसक्नु अधिनायकवादी सरकारको कमजोरीको संकेत’ रहेको बताएका छन्।

रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ। युक्रेन युद्धमा रुसले अपेक्षित सफलता पाएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here