काठमाडौं । मन्त्रिपरिषद् बैठकले दुई अध्यादेश जारी गरेको छ।
बिहीबार बिहान सम्पन्न बैठकले यौन हिंसाविरुद्धको र तेजाब आक्रमणविरुद्धको अध्यादेश जारी गर्ने निर्णय गरेको छ। दुवै अध्यादेश यसअघि ल्याएर निष्क्रिय बनेका थिए। सरकारले सिफारिस गरेपछि यी अध्यादेश राष्ट्रपतिबाट जारी हुनेछन् ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका यी द’वै अध्यादेश केही समयअघि निष्कृय भएका थिए । अध्यादेश निष्कृय भएपछि यौन हिंसामा परेका र तेजाव आक्रमणमा परेका पीडितले न्याय पाउनबाट बञ्चित भएका छन् ।
तेजाव आक्रमण गर्नेविरुद्ध कारबाही गर्ने कानुन नभएकाले सरकाले अध्यादेश जारी गरेको हो। तेजाव आक्रमणसम्बन्धी अध्यादेश संसदबाट अनुमोदन हुन नसक्दा यसअघि तीनपटक सम्म निष्क्रिय बनेको थियो।


















