सत्र किलोमा ट्रकमा आगलागी

86

चितवन ।  भरतपुर महानगरपालिका–२९ सत्र किलोमा ट्रकमा आगलागी भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सार्लाहीबाट इँटा बोकेर काठमाडौँ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६५८७ नम्बरको ट्रकमा आगलागी भएको हो।    ट्रक गुडिरहेको अवस्थामा ब्याट्रीको तार सर्ट भई आगलागी भएको कार्यालयले जनाएको छ।

कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीका अनुसार बिहान ६ बजेको समयमा ट्रकमा आगलागी भएको हो। आगलागीबाट ट्रक पूर्णरुपमा क्षति भएको छ। RSS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here