आजदेखि १ सातासम्म नागढुंगा सडकखण्ड बन्द

190

काठमाडौं/ चाडबाडको समयमा सडक मर्मत तथा सुधार गर्नुपर्ने भएकाले नागढुङ्गा–पिपलामोड सडकखण्डमा सवारीसाधन आवागमन रोकिने भएको छ ।

डिभिजन सडक कार्यालय काठमाडौँले बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाएको हो ।

डिभिजन प्रमुख देवकुमार तामाङले आजदेखि असोज २२ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएर सडक मर्मत गरिने जनाएका छन् । उक्त सडक कृष कन्सट्रक्सनले मर्मत तथा सुधार गर्न लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here