६१ हजार बराबरको पटाका बरामद

634

लहान/ प्रहरीको गस्ती टोलीले गए राति सिरहाको माडर तथा औरहीबाट रु ६१ हजार बराबरको पटाका बरामद गरेको छ । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको टोलीले अवैध रूपमा भारतबाट ल्याउँदै गरेको अवस्थामा पटाका बरामद गरेको प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय औरहीको टोलीले करीब रु ६० हजार पटाका बरामद गरेको छ । बरामद गरिएको पटाका आवश्यक प्रक्रिया पु¥याएर नष्ट गरिने प्रहरीले जनाएको छ । दशैँ, तिहार तथा छठपर्व नजिकिँदै गर्दा भारतीय बजारबाट पटाकालगायतका सामान चोरी तस्करी गर्ने क्रम बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here