नेपालगंन्ज/ राजश्व बिद्धिको अभियानमा तिब्ररुपमा मूभ भएको सशस्त्र प्रहरी बल हेडक्वाटर बाँके नं ३० लाई ठूलो सफलता हासिल भएको छ ।
सशस्त्र प्रहरीबलको कडा चेक जाँचका कारण आज बिहान ४ः४५ बजे राजश्व छलि तथा बिना क्वारेन्टाईन जाँच पास बिना नेपाल भित्र्याईदै गरेका लाखौं रुपैयाँका भारतिय अबैध ब्रोइलर कुखुरा जफत गर्न सशस्त्र प्रहरी सफल भएको हो।
सशस्त्र प्रहरी सह निरीक्षक मोहबिर नगालको कमाण्डमा खटिएको पेट्रोल टोलिले ठूलो परिमाणमा कुखुरा चल्लनाहरु जफत गर्न सफलभएको शसस्त्रप्रहरी बल नं ३० का गणपित भेष बहादुर शाहले जानकारी दिनुभयो ।
पक्राउ परेका कुखुरा तथा चल्लाहरु एवं व्यक्तिहरु भारतको जिल्ला बहराईचको सितापुर बस्ने वर्ष ३२ को ईनसान अली , भारतको जिल्ला बहराईचको सितापुर बस्ने वर्ष १८ को अतिक अली , भारतको जिल्ला बहराईचको सितापुर बस्ने वर्ष १८ को अतिक अली र भारतको जिल्ला बहराईचको सितापुर बस्ने वर्ष १९ को सेफ अली खान लाई आवश्यक कारबाहीको लागि पशुक्वारन्टाईन चेकपोष्ट जमुनाह बाँकेमा बुझाएको छ ।


















