खानी र पानी सँगै चल्दैन : सूचना मन्त्री बाँस्कोटा

145

 काभ्रे/  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्राकृतिक स्रोतमाथिको आक्रमणका कारण खानी र पानी सँगै नचल्ने जनाउनुभएको छ ।

काभ्रेपलाञ्चाकको धुलिखेलमा आज आयोजित ‘स्थानीयस्तरमा खानेपानी व्यवस्थापन विषय’को गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘अनधिकृत रुपमा प्राकृतिक स्रोतमाथि दोहन भइरहेको छ, यसले सङ्कट निम्त्याउँछ भन्नेमा सबैले ध्यान दिनुपर्छ, खानी र पानी सँगै चल्दैन ।’ उहाँले पानीको स्रोत भएका अधिकांश क्षेत्रमै ढुङ्गाखानी सञ्चालन भइरहेकाले पानीको स्रोतमाथि गम्भीर असर भइरहेको बताउनुभयो ।’

मन्त्री बाँस्कोटाले स्रोतमाथिको दोहनले मुलुकभर खानेपानीको स्रोतमाथि सङ्कट आइरहेकाले यसलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्न सरोकार भएकाहरुले छिट्टै ध्यान दिनु जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मानिसको जीवनसँग मिनेट मिनेटमा जोडिएको पानीको स्रोतमाथिको आक्रमण तत्काल रोकिनुपर्छ, यसका लागि स्थानीय तहले दायित्वबोध गर्नुपर्छ ।’

मन्त्री बाँस्कोटाले ‘स्रोतमाथिको चोट’ नियन्त्रण गर्न नसक्दा मेलम्ची खानेपानी आयोजनाको काम ढिलाइ भएको जनाउनुभयो । उहाँले भन्नुभयो, ‘मेलम्चीको पानी ल्याउने योजनामा काम गर्ने शैली फरक देखियो, स्रोतको क्षेत्रमा लाभको साझेदारी व्यवस्थापन नहुँदा ढिलाइ सहनुप¥यो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here