स्याङयोङ गाडीको नयाँ सोरुम पोखरामा सुरु साथै अनबिटेबल अफर

202

 काठमाडौं/ स्याङयोङ गाडीको नेपालकालागि एक मात्र आधिकारिक वितरक तथा आइएम एस ग्रुप अन्तर्गतका व्यवसायमा अग्रणी स्थानमा रहेको आइ एम एस मोटर्सले पोखराको बुद्धचोकमा आफ्नो नयाँ सोरुमको स्थापना गरेको छ । यहि अवसर पारेर स्याङयोङले ‘स्याङयोङ अनबिटेबल अफर’ ल्याएको छ ।

स्याङयोङ अन्बिटेबल अफर अन्तर्गत पोखरा स्थित स्याङयोङका मुल्यवान ग्राहकहरुलाई पूर्व बजेट मूल्य तोकिएको छ, पुर्ब बजेट मुल्यमा रु ५००,००० सम्मको छुट, प्रत्येक स्याङयोङ गाडीको खरिदमा स्याम्संग ग्याल्याक्सी नोट ९ क्राउन, एक्सचेन्जको सुबिधा लगायत निम्न लिखित सुबिधा प्रदान गर्दैछ ।
३ वर्षको वारेन्टी (६०,००० किमी सम्म )

सुलभ इ एमआइ
१ वर्षको निशुल्क रोड ट्याक्स
१ वर्षको निशुल्क बिमा
५ वर्ष निशुल्क सर्भिसिंग
निशुल्क एक्स्यासरिज (रु २५००० सम्म )
‘हाम्रा ग्राहकहरुले स्याङयोङ प्रति गर्नुभएको विश्वासका लागि हामी आभारी छौ । पोखरामा पनि कोरियन लक्जरी एस यु भी सुविधा प्रदान गर्न पाउँदा हामी निकै खुशी छौं । आइएम एस ग्रुपका प्रमुख कार्यकारी निर्देशक दिकेश मल्होत्राले भन्नुभयो ।

स्याङयोङको बारेमा
स्याङयोङ, दक्षिण कोरियाको सबैभन्दा अभिनव र उन्नत एस यू भी ब्रान्ड ओटो मोबाइल निर्माता हो । आफ्नो स्थापना वर्ष १९५४ देखि नै कम्पनी उत्कृष्ट प्रदर्शनका लागि सम्मानित हुदै आएको छ । सम्भवतःयसको एक मात्र कारण कम्पनीको गुणस्तरिय ईन्जिनियरिङ् हो। कम्पनि संग लक्जरी कारहरू, एस यू वीहरू, पिकअप ट्रक र MPV हरू छन्। कम्पनिले संसारभरी करिब १६५८ बिक्रेतामार्फत १२८ भन्दा बढी देशहरुमा निर्यात संजाल मजबुत बनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here