काठमाडौं/ ‘मेड इन पाकिस्तान,सार्क एडिसन’ नाम दिइएर पाकिस्तानमा उत्पादित सामग्रीको प्रदर्शनी स्थानीय त्रिपुरेश्वरस्थित युनाइटेड वल्ड सेन्टरमा शुरु भएको छ ।
पाकिस्तानको रावलपिन्डी उद्योग वाणिज्य सङ्घले राजधानीस्थित पाकिस्तानी राजदूतावास र इस्लामावादमा रहेको नेपाली दूतावाससँगको सहकार्यमा आयोजना गरेको उक्त प्रदर्शनीको नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेद र नेपाल–पाकिस्तान मैत्री सङ्गठनका अध्यक्ष हिमालयशम्शेर जबराले संयुक्तरुपमा उद्घाटन गरे ।
सो अवसरमा मन्तव्य दिँदै राजदूत जावेदले भौगोलिक रुपमा पाकिस्तान र नेपाल टाढा रहेपनि दुई देशका उद्यमी–व्यापारी र नागरिकबीचको सम्पर्कले पारस्परिक सम्बन्धलाई सुदृढ तुल्याएको जनाउनुभएको छ ।
मेलामा फर्निचर, छालाका सामान, हस्तकलाका सामग्री, लत्ता कपडा, नक्कली गरगहना सुपथ मूल्यमा बिक्री हुने वाणिज्य सङ्घका क्षेत्रीय अध्यक्ष खर्सिद बर्लासले जनाए । आजदेखि सुरु भएको मेला असोज २३ गतेसम्म जारी रहने छ

















