प्रधानमन्त्रीलाई चेतावनीसहित ज्ञापन पत्र बुझाउने राजपाको तयारी

188

सप्तरी / संविधान अहिलेसम्म संशोधन हुन नसकेकोप्रति रुष्टता प्रकट गर्दै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले संविधान संशोधन गर्न र अपराधी पत्ता लगाइ पक्राउ गर्न माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन बुझाउने भएको छ ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधनका लागि आगामी सोमबार जिल्ला प्रशासन कार्यालयहरुबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने जानकारी दिएका छन् ।

बुधबार राजविराजमा पत्रकारहरुसँग कुरा गर्दै नेता महतोले संविधान संशोधन गर्न, अपराधीलाई दण्ड दिलाउन, भ्रष्टाचार हटाउन चेतावनीसहित ज्ञापन पत्र बुझाउने जानकारी दिए ।

महतोले दुई तिहार्इ सरकारको नेतृत्व गर्ने बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले महँगी हुन नदिने, संविधान संशोधन गर्ने, भ्रष्टाचारी हुन नदिने, जनताको ज्यूधनको सुरक्षा गर्ने प्रतिबद्वता गरेपनि अहिले सरकारी पक्षबाटै अपराधीलाई लुकाएर जनतालाई दुःख दिन खोजेको उनले जनाएका छन् ।

सरकारलाई ज्ञापन बुझाउँदा समेत सरकारको कार्य सन्तोजनक नभएमा पार्टीले तिहार लगत्तै सडक देखि सदन सम्म आन्दोलन गर्ने महतोले चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here