नेपालमा ‘कौन बनेगा करोडपति’को सिको गदै ‘को बन्छ करोडपति’ सुरु हुने

201

 काठमाडौं/ भारतीय टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’को सिको गदै नेपालमा पनि अब ‘को बन्छ करोडपति’ सुरु हुने भएको छ ।

भारतमा कौन बनेगा करोडपति कार्यक्रम महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आएका छन्। नेपाली संस्करणको सञ्चालन भने नायक राजेश हमालले गर्नेछन्।

कार्यक्रमका संयोजक विपिनकुमार आचार्यले एसआरविएन मिडिया प्रालिले बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गदै सो कुरा को जानकारी गराएका थिए ।

नायक राजेश हमालले कार्यक्रमलाई अन्तर्राष्ट्रिय मापदण्ड कायम गरी नेपाली स्वाद दिनु जरुरी रहेको औँल्याउँदै एपिवान टेलिभिजनबाट प्रसारण हुने उक्त कार्यक्रमको प्रसारणको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ। छटपर्व पछि उक्त कार्यक्रम संचालन हुने जानकारी दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here