अनेरास्ववियु रुपन्देहीद्वारा मुल्य वृद्धिको विरोध

136

बुटवल । पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको मुल्य वृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियु रुपन्देहीले जिल्लाका विभिन्न ठाउँमा चक्काजाम गरेको छ ।

अनेरास्ववियु रुपन्देहीको योजनामा बुटबलको मिलनचोक, भैरहवा, सैनामैना, देवदह लगायतका स्थानमा १ घण्टा चक्काजाम भएको हो ।

सडकमा उत्रेका विद्यार्थीहरुले मुल्यबृद्धि घटाउन माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका छन् ।  चक्काजामपछि कोणसभामा अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य तथा रुपन्देही इन्चार्ज बालकृष्ण पाण्डे, केन्द्रीय सदस्य साजन भण्डारी, जिल्ला अध्यक्ष शेषकान्त पोखरेल लगायतले बोल्दै पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि नघट्दासम्म चरणवद्ध आन्दोलन गर्ने  जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here