सेयर बजारमा बैदेशिक रोजगारीमा गएकालाई खुशीकाे खबर

109

अबको ४ महिनापछि बैदेशिक रोजगारीमा गएका नेपालीहरुले प्राथमिक सेयर(आईपिओ) को प्राथमिक निष्काशनमा आरक्षण पाउने भएका छन् । बुधबार नेपाल धितोपत्र बोर्डको ३० औँ वार्षिकोत्सब समारोहलाई सम्बोधन गर्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

लामो समय देखि रेमिट्यान्स पठाउनेहरुलाई आईपिओमा आरक्षण र गैरआवासिय नेपालीहरुलाई दोस्रो बजारमा लगानी गर्न पाउने प्रबन्ध मिलाउने बिषय चलिरहेको भएता पनि पहिलो पटक समयसिमा सहितको प्रस्ताव आएकाले लगानीकर्ताहरु केहि आसावादी भएका हुन् ।

बुधबारको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष हमालले भने अबको ‘चार महिनामा नेप्सेमा एसएमई प्लेटफर्म सुरु गर्नेछौ, त्यस्तै सोहि अवधि भित्रमै बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई आईपिओमा आरक्षण सहित गैरआवासिय नेपालीहरुलाई दोस्रो बजारमा लगानी गर्न मिल्ने व्यबस्था समेत कार्यन्वयन हुनेछ ।’

यसैबीच नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) एक कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । स्टकका अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १४ प्रतिशत बाेनस बापतकाे १ करोड ७९ हजार ९ सय ५८ दशमलव ९३ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

कम्पनीकाे चैत्र २१ गते सोमबार सम्पन्न भएकाे २१औं वार्षिक साधारण सभाले सेयरधनीहरुलाई चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर तथा प्रति सेयर रु.०.७३६८ (कर प्रयोजनका लागि) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here