श्रावण कृष्णचतुर्दशीका दिन नेवार समुदयले आफ्नो टोलको दोबाटाे र चौबाटाेमा नर्कटको त्रिपद ठड्याइ सम्बर भैरवको प्रतिक मानी यो पर्व मनाउने गरिन्छ ।
बिहानैदेखि ठड्याइएका नर्कका त्रिपदमा घण्टाकर्णको चित्र सजाई कुमार ,गणेश आदिइत्यादि देवीदेवताको पूजा गर्दै साँझ एक व्येक्तिलाई घण्टाकर्ण गाथामुग को रुपमा विधि पुर्याई सोहि नर्कतबात निर्मित त्रिपदमा बसाली नजिकैको खोलामालागि बिसर्जन गर्न चलन छ ।
गथामुग घण्टा कर्णको बारेमा अनेकौं कथाहरू चर्चित रहेकाे छ । कथाअनुसार कुनै समएमा मानिसको संख्या निकै कम रहेको बेला खेतीको समएमा अन्नबाली उब्जाउन नसके अनिकाल लाग्ने डर थियो ।
तसर्थ तन्त्रबिध्याको माध्यमबाट मानिस भन्दा बलवान भूतलाई तन्त्र बिध्यबात बसमा राखी सम्पूर्ण खेतीको काम गराइन्थ्यो । नियेंत्रित बलशाली भुतबाट निकै भय रहेता पनि ख्वाई पिलाई गरि खनजोत ,रोपाई अफ्ठ्यारा कृषि काम सकी सधै भरि पाल्न नसकिने हुदा बन्धन मुक्त गर्नका लागि भुतात्मामा विधिपुर्याई बाहिर पन्छाउने पर्व नै गथामुग घण्टा कर्ण पर्वक रुपमा लिने गरिन्छ ।


















