काठमाडौं । अन्तराष्ट्रिय ख्याति प्राप्त नेपाली ब्लुज कलाकार अशेष डंगोल उर्फ हिमालयन हेन्ड्रिक्सले सांगितिक प्रस्तुति दिएका छन् ।
लाल दरबारमार्गस्थित महोत्सव महोत्सव रेष्टुरेन्ट तथा बारमा अशेष डंगोलकाे साथ उनका सहकर्मीहरू गीतारमा, नितिन राना ड्रम्समा, बिकाश श्रेष्ठ (ब्यास गीतारमा, सुरोजल महर्जन धिमे र भुँस्यामा सनिल महर्जन पाँचजनाले बेजोड शैलीको सांगितिक प्रस्तुतिले कार्यक्रम एकदम हर्षऊलासमय बनेको थियो ।
सो सांगितिक कार्यक्रममा डार्क क्लाउडस् अल ओभर द स्काई, यिन सर्च टुवर्डस फ्रिडम, जात्रा भाईबस, कस्मिक भाईबस बहुलाई प्राप्तिथा जिमी घ्यान्ट्रिकसका केहि गीतहरू प्रस्तुत गरेका थिए। साे सांगितिक कार्यक्रमको दोरानमा प्रख्यात ड्रम बादक देव रानाले पनि दुई गीतमा साथ दिएकाे थियाे ।
साउन ११ गते शुक्रबार सम्पन्न यस सांगितिक कार्यक्रम कलाकार अशेष डंगोलकाे अमेरिका दुर पछिको नेपालमा पहिलो संगीतिक कार्यक्रम भएकाे थियाे ।


















