बलिउड निर्देशक सञ्जय लीला भंसालीको नयाँ फिल्ममा सलमान र अनुष्का शर्माको जोडी बाँधिने चर्चा छ ।
यसअघि यी दुईले फिल्म ‘सुल्तान’ मा काम गरेका थिए । मिडिया रिपोर्ट्सका अनुसार, सञ्जय लीला भंसालीले नयाँ प्रोजेक्टको लेखन सुरु गरिसकेका छन् । स्क्रिप्ट तयार भएपछि सलमान र अनुष्काको जोडीलाई यो फिल्म अप्रोच गर्ने उनको सोच छ ।
अनुष्का अहिले आफ्नो नयाँ फिल्म ुजिरोु को प्रमोसनमा व्यस्त छन्, जुन फिल्म २१ डिसेम्बरमा रिलिज हुँदछ । सलमान आफ्नो नयाँ फिल्म ुभारतु मा व्यस्त छन् भने चाँडै ुदबंग ३ु को छायांकन सुरु गर्दैछन् । ुजिरोु मा अनुष्का सेरेब्रल पाल्सी नामको विरामीबाट पीडित यूवतीको भूमिकामा छिन् ।
प्रमुख भूमिकामा शाहरुख खान र कैटरीना कैफ संगै अनुष्का यस फिल्ममा एक वैज्ञानिकको भूमिका निभाएकी छन् । उनले आफ्नो भूमिकाका लागि तीन महिना कडा मिहिनेत गरेकी थिइन् ।

















