नयाँ दिल्ली/ भारतको उत्तर प्रदेशमा शुक्रबार बिहान एक सैनिक विमान दुर्घटनाग्रस्त भएको छ । उत्तर प्रदेशको प्रान्तीय राजधानी लखनउबाट ५८५ किलोमिटर उत्तरपश्चिममा रहेको बाघपात जिल्लास्थित उखुबारीमा सो विमान दुर्घटनाग्रस्त भएपछि चालकहरु बाहिर निस्किेका थिए । उक्त विमानमा दुई चालक मात्र थिए।
भारतीय वायु सेवा निगमको दुई सिटमात्र भएको यो विमान शुक्रबार विहान सबेरै दुर्घटनाग्रस्त भएको थियो ।
यस दुर्घटनामा मानवीय क्षति नभएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । सो विमानमा रहेका दुईजना चालकको भने सकुशल विमानबाट बाहिर निस्किका छन् । ऐजेन्सी


















