भारतीय चर्चित गायक कैलाश खेरमाथि पनि यौन शोषण गरेको आरोप लागेको छ ।
फोटो पत्रकार नताशा हेमरजानीले ट्वीटर मार्फत गायक कैलाशले आफूमाथि यौन शोषण गरेको कुरा सार्वजनिक गरेकी छिन् । नताशाले लेखेकी छिन ‘मेरो मी टू क्याम्पेन गायक कैलाश खेर र मोडल जुल्फी सैयदका विरुद्ध छ ।
यो सन् २००६ को कुरा हो जब म मुम्बईको हिन्दुस्तान टाइम्समा फोटो पत्रकारका रुपमा काम गरिरहेकी थिएँ ।’


















