दशैँका लागि मुस्ताङबाट सोह्र हजार भेडाच्याङ्ग्रा बिक्री

112

मुस्ताङ, २३ असोज । दशैँलाई लक्षित गर्दै हिमाली जिल्ला मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ । बिक्री भएका भेडा च्याङ्ग्रा म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङजा, काठमाडौँ लगायतका ठाउँबाट मुस्ताङ पुगेका व्यापारीले खरिद गरेका हुन् ।

भेडाच्याङ्ग्रा खरिद गर्न देशका विभिन्न ठाउँका व्यापारी जोमसोम आइपुगेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जोमसोमस्थित सेवा केन्द्रले हालसम्म १६ हजार भेडाच्याङ्ग्रा बिक्री भइसकेको जनाएको छ । सोरबारसम्म १० हजार भेडा र ६ हजार च्याङ्ग्रा बिक्रीका लागि स्वास्थ्य परीक्षण गरिएको छ । ।

दशैँका लागि जिल्लाबाट करीब २० हजार भेडाच्याङ्ग्रा बिक्री हुने अनुमान गरिएको छ । मुस्ताङमा एउटा च्याङग्रा रु १७ हजारदेखि रु २२ हजार तथा भेडा रु १४ हजारदेखि रु १७ हजारका दरले खरिद बिक्री भइरहेको छ । प्रतिकिलो रु ५३० का दरले च्याङ्ग्रा खरिद गरेको संस्थानले काठमाडौमा जिउँदो च्याङ्ग्रा प्रतिकिलो रु ६५० का दरले बिक्री गर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here