पूर्व राजाको विदेश भ्रमण राजतन्त्र फर्काउने चलखेल त होइन ?

202

 काठमाडौं/  राजनीतिक वातावरण कुनै अनपेक्षित घटनाको प्रतिक्षामा रहेको झैं छ । पूर्वमहाराजा ज्ञानेन्द्र शाह अहिले धार्मिक र विशेष राजनीतिक भेटघाटमा विदेशमा व्यस्त छन् । त्यही मौकामा नेपालमा केही नेताहरू हिन्दू धर्मको बारेमा जनमत संग्रहमार्फत टुंगो लगाउनुपर्ने तर्क गर्न थालेका छन् । त्यसकारण राजनीतिक व्यवस्थामाथिको परिवर्तनमा अहिले बहस हुन थालेको छ ।

अब नेपालमा हिन्दू राज्य पुनस्थापनाको माग, मुद्दाले निकै सघनरुप लिने आंकलन सरकारमा बसेकाहरूले पनि गर्न थालेका छन् ।

हिन्दू राज्य पुनस्थापनाको कुरा चर्किनासाथ पूर्वमहाराजा ज्ञानेन्द्र शाहतिर सबैको नजर लाग्ने गरेको छ । मुलुकभित्रको माहौल यस्तो भइरहेको बेला पूर्व राजा ज्ञानेन्द्र २९ भदौमा विदेश भ्रमणमा निस्केका थिए, अहिले उनी माल्दिभ्सको पर्यटकीय भ्रमणमा रहेको बुझिन्छ । सुरुका केही दिन थाइलैण्ड भ्रमणमा थिए भलै त्यो भ्रमण भने नितान्त पारिवारिक मात्र भएको जनाइएको छ । नातिनातिनसँगे भेटघाटका लागि थाइलैण्ड पुगेका ज्ञानेन्द्र शाह त्यसपछि श्रीलंका गए । १५ दिन लामो श्रीलंका भ्रमण नै अहिलेको राजनीतिको खास मेरुदण्डका रुपमा व्याख्या गर्न थालिएको छ । स्रोत अनुसार, श्रीलंकामा पूर्वराजा ज्ञानेन्द्रले अमेरिका, चीन र भारतका राजनीतिक व्यक्तिहरूसंग सघन भेटवार्ता र विशेष छलफल गरेका छन् । सार्क बाहिरका मुलुकका नेताहरूसँग पनि उनको भेटघाट भएको जनाइएको छ ।

यो भ्रमण भने नितान्त पर्यटकीय भ्रमणका रुपमा लिइएको छ । त्यसपछि अर्थात् २३ असोजबाट भारतको मुम्वईमा हुने धार्मिक, राजनीतिक भ्रमणलाई पनि निकै महत्वपूर्णरुपमा हेरिएको छ ।

यसअघिको भारत भ्रमण पहिला विशुद्ध धार्मिक भ्रमणका रुपमा रहेको थियो । तर, अहिले धार्मिक साथै राजनीतिक भेटघाट पनि तय भएको स्रोतको दावी छ । यसले गर्दा पनि पूर्वराजा ज्ञानेन्द्र र उनी निकटहरूमा उत्साह थपिन थालेको छ । ९ दिन लामो मुम्बई भ्रमणपछि फुलपातीको दिन पूर्वराजा ज्ञानेन्द्र नेपाल फर्किनेछन् ।

 पूर्वराजा ज्ञानेन्द्रको विदेश यात्राकै क्रममा कांग्रेसका महाममन्त्री शशांक कोइरालाले नेपालमा हिन्दू धर्मलाई जनमत संग्रहबाट टुंगो लागनुपर्ने तर्क गरेका थिए । एक सार्वजनिक कार्यक्रममा बोल्दै कोइरालाले यो कुरा विगतभन्दा बढी नै गम्भीरतापूर्वक उठाएका थिए ।

 डा. बाबुराम भट्टराइले एक कार्यक्रममा हिन्दू धर्मको सन्दर्भ जोडेर भारतले नाकाबन्दी लगाएको कुरा सेलाउन नपाउदै कांग्रेस नेता शशांकको कुरा आउनुलाई पनि निकै गभीरतापूर्वक हेरिएको छ ।

धर्म निरपेक्षता पक्षधरहरूले एकलौटी सरकार कब्जा गरेको बेला हिन्दू राज्य पक्षधरहरूले मुलुकभित्र ठूलो परिवर्तन ल्याउने अपेक्षा गर्न थालिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here