दशैंलार्इ नयाँ नोट बजारमा, एक व्यक्तिले २७ हजारसम्म साट्न पाउने

95

काठमाडौं, यसवर्ष पनि नेपाल राष्ट्र बैंकले नेपालीहरुको महान चाड दशैलाइ लक्षित गर्दै १३ अर्बका नयाँ नोट बजारमा पठाएको छ।

राष्ट्र बैकका अनुसार आइतबारबाट २९ गते फूलपातीसम्म ग्राहकहरुले नयाँ नोट साट्न पाउने छन् । नोट साट्न सजिलो होस् भनेर यसपटक राष्ट्र बैंकले तीन सरकारी बैंक तथा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकसहित निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाबाट सटही सुविधा मिलाएको छ । निजी क्षेत्रका बैंकहरुलाई भने निश्चित रकम मात्र सटहीका लागि उपलब्ध गराएको राष्ट्र बैंकले जनाएको छ ।

काठमाडौं उपत्यकामा करिब २२ ठाउँमा नोट साट्न पाउने ब्यवस्था मिलाएको छ । राष्ट्र बैक अनुसार नेपाल बैंकको न्यूरोड, कीर्तिपूर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपूर शाखाबाट नयाँ नोट साट्ने पाइने छ भने राष्ट्र वाणिज्य बैङ्कको सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्साल शाखाबाट नयाँ नोट साट्न पाइने छ ।

राष्ट्र बैंकका अनुसार प्रति ब्यक्तिले ५, १०, २० र ५० रुपैयाँ दरका दुई दुई पाकेट र सय रुपैयाँ दरका एक पाकेट गरी जम्मा २७ हजार रुपैयाँसम्म नोट साट्न पाइने छ ।

राष्ट्र बैंकले उपत्यका बाहिर राष्ट्र बैंकको विराटनगर, जनकपूर, बीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी कार्यालयहरु तथा राष्ट्र बैंकको नोटकोष रहेका बाणिज्य बैंक शाखाहरु, नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंक मार्फत नयाँ नोट सटही गरिने सुविधा प्रदान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here