हिन्दुहरुको महान पर्व बडा दशै सुरु, आज घटस्थापना

776

काठमाडौँ, २४ असोज । हिन्दु धर्मालम्बिहरुको महान पर्व बडा दशै आजबाट सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म मनाइन्छ । बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।

आजैबाट हिन्दु धर्मालम्बिहरुको घरमा शक्तिकी देवी दुर्गाको पूजा गरिन्छ । आज भटस्थापनाका दिन बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरेर दशैँ घरमा विधिपूर्पक जमरा राख्ने प्रचलन रहेको छ । घटस्थापनामा राखिएका जमरा विजया दशमीको दिन टीका प्रसादसँगै प्रयोग गर्ने गरिन्छ ।

घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ ।

आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ । आज घटस्थापनाको साइत बिहान ७ बजेर १५ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

दुर्गा देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आवाहन गरी पूजा हुन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक एवं महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकको रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा नेपाली समाजमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here