दशैंमा सहज रूपमा सुपथ मूल्यका वस्तु उपलब्ध गराउन सरकारलाई निर्देशन

108

काठमाडौं/ दशैंमा सुपथ मूल्यका वस्तु आम उपभोक्तालाई सहज रुपमा उपलब्ध गराउन संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिले सरकारलाई निर्देशन दिएको छ ।

समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले दशैं, तिहारजस्ता चाडपर्वको मुखैमा सुपथ मूल्यका वस्तु सहज रुपमा आमउपभोक्तालाई उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।

सुपथ मूल्य पसलको दायरा बढाएर उपभोक्तालाई सहज रुपमा वस्तु र सेवा उपलब्ध गराउन सरकारलाई निर्देशन दिइएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए ।

समितिले दसैं, तिहारजस्ता चाडपर्वका बेला उपभोक्तालाई मारमा पार्ने गरी मूल्य वृद्धि हुने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न आवश्यक कानुनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ ।

समितिका सदस्य घनश्याम भुसालले सरकारले गर्न नहुने काम गर्छ कि भन्ने विषयमा समिति चनाखो बन्नुपर्ने आवश्यक्ता औंल्याए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here