पत्रकारहरुको दुई दर्जन प्रश्नहरुको उत्तर दिँदै प्रधानसेनापति थापा

193

 काठमाडौं/ प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकभर सुरुक्षा चुनौती बढ्दै गएको र त्यस्ता चुनौतिको सामना गर्नका लागि नेपाली सेना सधैं तयार रहेको जनाउनुभएको छ ।

गत भदौंमा प्रधानसेनापति पदमा नियुक्त हुनुभएका प्रधानसेनापति थापाले पदको जिम्मेवारी नेपाली सेनाभित्र रहेको आफन्तवादलाई अन्त्य गर्दै सैनिक संगठनलाई अझ बलियो बनाएर लैजाने जनाउनुभएको छ ।

नेपाली सेनाको मुख्यालय भद्रकालीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली सेनाभित्र रहेको बेथितिको अन्त्य गर्दै सेनालाई आधुनिकिकरण गर्ने जनाउनुभएको हो ।

‘नेपाली सेना एक गैर राजनितिक संस्था हो, यसले मुलुकको संविधान र कानुनको रक्षा गर्दै आएको छ । अहिले मुलुकमा विखन्डन गर्ने तत्वहरु बढिरहेको अवस्था छ, त्यस्ता तत्वहरुको जरैदेखि निमूर्ल पार्नका लागि सेना सदैव तत्पर रहेको छ ।’थापाले भन्नुभयो ।

पत्रकारहरुको दुई दर्जन प्रश्नहरुको उत्तर दिँदै प्रधानसेनापति थापाले मुलुकमा संघियता लागु भैसकेको अवस्थामा नेपाली सैनिक संरचनालाई पनि विकेन्द्रीकरण गर्दै लैजाने र मुलुकमा हुने द्धन्द्ध र युद्धका समय सेनाको सहि परिचालन गरिने उहाँले जनाउँदै नेपाली सेनाको मुख्य म्यानडेट भनेको नागरिकको सर्वोच्ताको रक्षा गर्नु हो । त्यसैले अब नेपाली सेनाभित्रको आन्तरिक व्यवस्थापनलाई चुस्त बनाउँदै त्यसलाई व्यवसायिकिकरण गर्नु हाम्रो मुख्य उद्दश्य हो ।’ उहाँले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here