वामदेवले लड्दिनँ भनेपछि कुरा सिद्धियो : प्रचण्ड

140

काठमाडौं/ चौतर्फी आलोचना भएपछि पछि हटेको वामदेव गौतमको अवस्थामा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी उपचुनावको लफडामा नलाग्ने जनाएका छन् ।

शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले सो कुराको पुष्टि गर्दै विकास निर्माण छाडेर यो लफडामा नलाग्ने जनाएका छन् । उनले भने, ‘हिजो स्वयंम वामदेवले म लड्दिनँ भन्नुभयो, सिद्धियो कुरा ।’

प्रचण्डले भने, ‘दशैंसँगै दशैंसँग पार्टी एकता पूर्णता दिने र विकासमा पनि जनताले हेर्ने बितिकै देख्ने बनाउँछौं ।’

उनले भने विकास निर्माण र सुशासनमा केही महिनाभित्र जनताले देख्ने गरी काम गर्ने प्रचण्डको दाबी छ । ‘एक वर्ष पुग्दा नपुग्दै जनताले महसुस गर्ने दिन आउँछ’ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here