काठमाडौं । डडेल्धुरा, नवदुर्गा गाउँपालिका-५ चौडस्थित सडकमा ठाँटाबजारबाट डडेल्धुरातर्फ आउँदै गरेको से.१ ज ७३८ नम्बरको जिप बिहीबार बिहान दुर्घटना हुँदा जिपमा सवार ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही गाउँपालिका-५ बस्ने १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेका छन् । साथै दुर्घटनामा घाइते भएका जिप चालक र जिपमा सवार अन्य ५ जनालाई उपचारको लागि डडेल्धुरा अस्पतालतर्फ पठाइएको छ ।
ललितपुर, गोदावरी नगरपालिका-१ दमाइटारस्थित सडकमा बागमती प्रदेश ०२-०२२ प ०२३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार गोदावरी नगरपालिका-२ बस्ने ३८ वर्षीय दिपक बिष्टको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















