नरेन्द्र मोदीलाई गाली गर्ने पत्रकारलाई जेल सजाय

96

भारत /  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गाली गर्ने एक पत्रकारलाई जेल सजाय तोकिएको छ।

‘फेसबुकमा सन्देश पोस्ट’ गरेको भन्दै भारतीय प्रशासनले पत्रकार किशोरचन्द्र वाङखेमलाई एक वर्षको जेल सजाय तोकेको हो।

सामाजिक सञ्जालमा प्रेषित सन्देशलाई लिएर पत्रकारलाई थुन्नुलाई वाक स्वतन्त्रतामाथिको कठोर नीति भएको आलोचकले जनाएका छन्।

मणिपुरबाट पक्राउ परेका वाङखेमलाई कठोर कानुनी उल्लंघन सजायअन्तर्गत उक्त सजाय दिइएको हो। उक्त कानुनी प्रावधानअनुसार भारतमा कसैले ओहदामा रहेका अधिकारीमाथि दुव्र्यवहार वा गालीगलोज गरेमा एक वर्ष जेलमा राख्न सकिन्छ।

३९ वर्षीय टेलिभिजन पत्रकार वाङखेमले मोदीलाई गाली गरेको ‘उत्तेजक’ दृश्यचित्र सामाजिक सञ्जालमा राखेको आरोप लगाइएको छ।

उनले पोस्टमा भारतीय प्रधानमन्त्री मोदी र मणिपुरका मुख्यमन्त्री बिरेन सिंहको सरकारले हिन्दु धर्मको प्रचारमा लागेको भन्दै ‘अभद्र’ गाली गरेको भिडियो पोस्ट गरेका थिए।

मुख्यमन्त्री सिंह र प्रधानमन्त्री मोदी कट्टर हिन्दुवादी राष्ट्रिय स्वयंसेवक संघको ‘कठपुतली’ भएको भन्ने भावको भिडियो राखेका थिए। एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here